Logo

अर्थ

हाम्रो गौरव सहकारीमा अनुभवी टिमको नेतृत्व



पोखरा । हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–३० को १६ औं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले अनुभव संगालेका ब्यक्तिहरुको टिमबाट नयाँ कार्यसमिति चयन गरेको छ ।

विशेष साधारण सभाबाट नयाँ समिति चयन गरिएको सस्थाको अध्यक्षमा ग्लोवल आई एम ई बैकमा प्रदेश प्रमुखको जिम्मेवारी समाल्दै कालिका लधुवित्त सस्थाको प्रमुख कार्यकारी अधिकृत हुदै ३० वर्षको बैड्ढिक अनुभव संगालेका महेन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

यसैगरी समितिको उपाध्यक्षमा त्रिभ्वन शान्ति माविका पूर्व प्रधानध्यापक भई ४० वर्षसम्मको शौक्षिक क्षेत्रको अनुभव संगालेका लोकराज ढकाल, सचिवमा पूर्व भारतीय सेनामा लेखा क्षेत्रमा काम गरेका चन्द्रकान्त देवकोटा र कोषाध्यक्षमा पूर्व जिल्ला शिक्षा अधिकारीको रुपमा काम गरेर अनुभव संगालेका नगेन्द्रप्रसाद रेग्मीलाई चयन गरेको हो ।

यसैगरि नव गठित समितिको सदस्यहरुमा चिन बहादुर गुरु,तेज कुमारी शाही, संगिता पुन र वलराम अधिकारी रहेका छन् भने समितिको लेखा सुपरिवेक्षण समितिको संयोजकमा रामजी प्रसाद न्यौपाने र सदस्यहरुमा गीता विमली र बुद्धिमाया पोखरेल रहेका छन् ।

यसैबीच नवगठित समितिलाई निर्वाचन संयोजक मुत्तिनाथ सापकोटाले पद तथा गोपनीयताको सफत गराउँदै पदिय जिम्मेवारी हस्तान्त्रण गरेको हो । कार्यक्रममा निर्वतवमान अध्यक्ष रामचन्द्र अधिकारी, पूर्व अध्यक्ष प्रेम प्रसाद शर्मा,पूर्व सल्लाहकार सोमनाथ वास्तोला निर्वाचन समितिका सदस्य रामचन्द्र भण्डारी र राजेश्वर शर्मा लगाएतले ब्यक्तिगत हितमा भन्दा सस्थागत हितमा काम गर्नु पर्ने सुझाव राखेका थिए ।

सस्थाले विभिन्न सहकारीहरु संग एकिकरण गर्दै दुई हजार ४८ सेयर सदस्यहरुबाट छ करोड २०लाख २४ हजार एक सय सेयर पुँजी बनाउन सफल भएको छ भने सस्थाले गत आर्थीक वर्ष २०७९/८० मा आर्थीक कारोवारका आधारमा एक करोड ७६ लाख १० हजार खुद मुनाफा निकाल्न सफल भएको सस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश ढुंगानाले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १६:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।