काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०६ अकंले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ । आज २८९ कम्पनीको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।
साताको अन्तिम कारोबारको दिन म्युचुअल फण्ड समूहको सेयर मूल्य बाहेक अन्य १२ उपसूचक राताम्य भएका छन् ।
आज बैंकिङ समूहको ०.९१ प्रतिशत, विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको १.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५६ प्रतिशत गरी १२ उपसूचकको सेयर मूल्य घटेको छ ।
आज नेपाल इन्स्योरेन्सको संस्थापक सेयरको ११ करोड ६७ लाख १२ हजार र सोनापुरको ८ करोड ४९ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी, आज ३ कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । आज विजय लघुवित्त, माउन्टेन इर्नर्जी नेपाल र युनाइटेड इर्दी मार्दी आरबि हाइड्रोपावरको सेयरमा नकारात्मक सर्किट लागेको हो ।
साथै, सिटिजन म्युचुअल फण्ड २ को ८.८८ प्रतिशत र खानी खोलाको ५.६७ प्रतिशतले सेयर मूल्य घटेको हो ।
त्यसैगरी, बजार घटेपनि ५८ कम्पनीको सेयर मूल्यमा सुधार आएको छ । आज रुरु जलविद्युतको ५.६३ प्रतिशत, एनआइबिएल प्रगति फण्डको ३.८७ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड २ को ३.५२ प्रतिशतले बढेको छ ।




















प्रतिक्रिया