काठमाडौं । पाेखरामा जारी केपी ओली कपकाे फाइनलमा मधेश प्रदेश र त्रिभुवन आर्मी भिड्ने भएका छन् । एपीएफलाई ११ रनले हराउँदै मधेशले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
पहिलो सेमिफाइनलमा बागमतीलाई हराउँदै आर्मी यसअघि नै फाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनलमा मधेश विरुद्ध १९८ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनायो ।
एपीएफका लागि प्रदीप ऐरी र सन्दीप जोरा दुवैले अर्धशतक बनाए पनि टिमलाई जिताउन सकेनन् । प्रदीप ५५ रनमा आउट भए भने सन्दीपले ५४ रन बनाए ।
मधेशका विशाल पटेलले ३ तथा हरिशंकर साह र प्रदीप पासवानले समान २ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको मधेशले २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । मधेशका लागि अनिल साहले ५७ तथा इमरान शेखले ५० रन बनाए ।
सशस्त्रका मौसम ढकालले ३ तथा अमर रौतेलाले २ र पुरन विकले १ विकेट लिए ।




















प्रतिक्रिया