Logo

अर्थ

प्रभु बैंकले पायो प्रतिष्ठित ‘बैंक अफ दि इयर–२०२३’ को उपाधि



काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गरेको छ । प्रभु बैंकले पहिलो पटक यो अवार्ड प्राप्त गरेको हो । बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।

बैंकले साना तथा लघु उद्यमका साथै प्रविधिमा आधारित रहेर गरेको कार्यको प्रसंशा गर्दै उक्त अवार्ड दिइएको हो । बैंकको तर्फबाट बिहीबार बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले लण्डनमा आयोजित एक कार्यक्रममा अवार्ड ग्रहण गरेका छन् ।

२४ वर्षदेखि यस्तो अवार्ड वितरण गर्दै आएको ‘दि बैंकर’ पत्रिकाले यस वर्ष १५० भन्दा बढी मुलुकका बैंकलाई उक्त अवार्डबाट सम्मानित गरेको छ । यसैगरी हरेक देशका वाणिज्य बैंकमध्ये सर्वोत्कृष्ट वित्तीय क्षमता प्रदर्शन गर्नेलाई यो अवार्ड दिईने गरेको पत्रिकाको वेबसाइटमा उल्लेख गरिएको छ ।

यसरी अन्तर्राष्ट्रिय रुपमा प्रदान गरिने ख्यातिप्राप्त अवार्डले प्रभु बैंकले दिने सेवा प्रवाहमा थप सहयोग पुग्नुका साथै यस सम्मानले बैंकिङ क्षेत्रमै हौसला प्रदान गरेको बैंकले जनाएको छ । यसले बैंकका सेयरधनीलाई उचित प्रतिफल दिन अझै मद्दत पुग्ने समेत बैंकले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १०:५२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।