Logo

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कप क्रिकेटको उपाधि



काठमाडौं । पोखरामा भएको केपी ओली कप टी–२० कपको उपाधि मधेश प्रदेशले जितेको छ । फाइनलमा आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले उपाधि जितेको हो ।

यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनाएको छ ।

मधेश प्रदेशले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । त्यस्ते सन्तोष कार्कीले १६, भिम सार्कीले २२ रनको योगदान गरे । त्यस्तै विवेक यादव २५ तथा सोमपाल कामी १६ रनमा अविजित रहे ।

मधेश प्रदेशका लागि हरिशंकर साहले सर्वाधिक चार, प्रदिप पाशवानले दुई तथा प्रतिक यादवले एक विकेट लिए ।

मधेश प्रदेशका लागि विशाल पटेलले सर्वाधिक ४९ रन बनाए । उनले ३२ बलमा समान तीन तीन चौका र छक्का प्रहार गर्दै अविजित ४९ रन बनाए । त्यस्तै प्रदिप पाशवान ४ रनमा अविजित रहे ।

त्यस्तै हरिशंकर साहले २७, हिमान्सु दत्तले १४ विशाल सुस्लिङले १० रनको योगदान गर्दा अन्य खेलाडी दोहोरो अंकको रन बनाउन सकेनन् । पवन सर्राफले ९, इमरान शेखले ८, अनिल साहले ६ तथा मायान यादवले तीन रन बनाए । रुपेश सिंहले रनको खाता नै खोल्न सकेनन् ।

आर्मीका लागि शाहब आलम र विकेक यादवले समान तीन तीन विकेट तथा सोमपाल कामी र बसिर अहम्मदले एक एक विकेट लिए । उपाधि जितेको मधेसले नगद ५ लाख हात पार्‍यो । फाइनलमा मधेससँग पराजित भएको आर्मीले २ लाख ५० हजारमामा चित्त बुझायो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार १६:२१   :  बजे

411
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।