Logo

खेलकुद

एनएसएल : धनगढी र ललितपुर गाेलरहित बराबरीमा रोकिए



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचकाे खेल गाेलरहित बराबरीमा सकिएकाे छ  । शनिबार अपरान्ह भएको खेलमा दुबै टिमले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् ।

खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बने । उनले ३० हजार रुपैयाँ पाएका छन् । एनएसएलको तेस्रो खेलसम्म आउँदा दुबै टिम अपराजित रहन सफल भएका छन् ।

अगाडिका दुई खेल जितेको धनगढीको यो पहिलो बराबरी नतिजा हो । ललितपुरले भने पहिलो खेल जितेको थियो र त्यसपछिका दुई खेल बराबरी खेलेको छ । शनिबारको खेलपछि धनगढीको ७ अंकका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अंकका साथ दोस्रो स्थानमा पुगेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार २०:१६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।