काठमाडौं- नेपाल जग्गा तथा आवास विकास महासंघले सरकारले जग्गा कित्ताकाट खोले पनि अदृश्यरूपमा असहयोग गरिरहेको जनाएको छ।
यति जग्गामात्र किन्न पाइने भन्दै हदबन्दी लगाइदिएपछि कारोबार गर्न गाह्रो भइरहेको महासंघको ठहर छ। अनलाइपानासँग कुरा गर्दै महासंघका पदाधिकारीले २०८० वैशाख ६ मा सरकारले रोक लगाएको जग्गाको कित्ताकाट खोले पनि हदबन्दीका कारण असहज भएको बताएका छन्।
सरकारले भू–उपयोगसम्बन्धी पहिलो संद्शोबधन नियमावली–२०७९ लाई स्वीकृत गर्दै कित्ताकाट खुला गरेको थियो। ‘भू-उपयोग नियमावलीमा भएको संशोधनले गज्जाको कित्ताकाटमा सहज हुने विश्वास लिएका थियौं। तर, त्यस्तो हुन सकेन,’ महासंघका एक अधिकारीले भने।
यसले मुलुकको अर्थतन्त्रमा नै नकरात्मक असर परिरहेको बताइएको छ। कित्ताकाटलाई सहजीकरण गरी घरजग्गा क्षेत्रको कारोबारलाई सरलीकरण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन महत्तवपूर्ण योगदान पुगाउने महासंघको ठहर छ।
‘के तपाईं बसिरहेको घरमा कित्ताकाट गर्ने। यहाँ कित्ताकाट गर्ने जग्गामा हदबन्दी लगाइएको छ। कित्ताकाट गर्नुपर्ने सबै जग्गा रोक्का छ। आजको २१औं सताब्दीमा जग्गामा हदबन्दी लगाउनु हुँदैन,’ उनले भने।
एक जना घरजग्गा व्यसायी पनि सरकारको दोहोरो भूमिकाका कारण घर जग्गा कारोबारमा असहजता रहेको बताउँछन्।
अर्थमन्त्री प्रकाशशरण महतले २०८०/८१ को बजेटमा कित्ताकाट फुकुवा गर्ने सरकारको नीति स्पष्ट रहेको बताएकोमा त्यस्को कार्यान्वयन हुन नसकेको ती व्यापारि बताउँछन्। उनले जग्गामा हदबन्दी लगाउन नहुने धारणा राखे।




















प्रतिक्रिया