Logo

अर्थ

फेरि बढ्यो सुनको मूल्य, तोलामै १ लाख २१ हजार नाघ्यो



काठमाडौं । आज फेरि सुनको मूल्य बढेको  छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज पनि मूल्य थप बढ्दै नयाँ कीर्तिमान बनेको हो । सोमबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रति तोला १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १२:१५   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।