काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य अंकको गिरावट देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३.४२ अंकले घटेर १ हजार ८४७.८१ को बिन्दुमा बन्द भएको छ ।
यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.२२ अंकले घटेर ३५३.२१ को विन्दुमा पुगेको छ । यसदिन २९२ कम्पनीका ३८ लाख ९६ हजार २८७ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १९ करोड ७२ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ ओटै समूह मध्ये विकास बैंक, वित्त कम्पनी, जीबन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूह बाहेक अरु समूह राताम्मे भएका छन् ।
यो दिन सबैभन्दा बढी सोनापुर मिनरल्स एन्ड आयलको ७ करोड ४६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । यसैगरी हिमालयन डिस्टीलरीको ७ करोडभन्दा बढीको कारोबार भएको छ ।
यो दिन समाज लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरैले बढेको छ । यो दिन कम्पनीको सेयरभाउ ८.०६ प्रतिशतले बृद्धि भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमन्ट र माउन्टेन इनर्जि नेपालको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।




















प्रतिक्रिया