Logo

अर्थ

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो ।

आईपीओमा कुल १३ लाख ४० हजार १९९ आवेदन परेको थियो । जसमा १२ लाख ७४ हजार ५६७ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १४ हजार ८०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले पहिलो चरणमा १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणका लागि जारी गरेको थियो । रेटिङ एजेन्सी इक्रा नेपालले यो आईपीओलाई ‘इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार ११:३६   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।