Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १०.१० अकंले घटेर १८३७.७१ बिन्दुमा बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक २.१४ अंकले घटेर ३५१.०७ को विन्दुमा पुगेको छ। मंगलबार २९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँको कारोबार भएकोछ ।

आज जीवन बीमा समूहका बाहेक १२ उपसूचक राताम्य भएका छन् । मंगलबार बैंकिङ समूहको ०.२४ प्रतिशत, विकास बैंक समूहको ०.४१ प्रतिशत, फाइनान्स समूहको ०.८० प्रतिशत, होटल तथा पर्यटन समूहको १.७१ प्रतिशतसहित १२ उपसूचक घटेका हुन् । आज माउन्टेन इर्नर्जीको ३६ करोड २९ लाख ५७ हजार र सिटिजन लाइफको ८ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, सिंगटी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, सिभिल बैंकको डिबेञ्चरको ७.३६प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ४.२९ प्रतिशत र माहुली लघुवित्तको ३.९२ प्रतिशतले सेयर मूल्य बढेको हो ।

त्यस्तै, आज गुमाउने कम्पनीहरुमा विशाल बजार ९.५३ प्रतिशत, माउन्टेन इनर्जी ८.९४ प्रतिशत, उन्नती सहकार्य ८.८१ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १६:२२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।