काठमाडौं । साताकाे अन्तिम काराेबार दिन बिहीबार (आज) नेप्सेमा दाेहाेराे अंककाे वृद्धि भएकाे छ । अघिल्लो दिन ३ अंकले बढेको बजार आज भने ११.७३ अंकले बढ्यो । आज काराेबार रकममा पनि वृद्धि देखियाे । अघिल्लो दिन १ अर्ब १४ करोडको कारोबार भएकोमा आज २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भयाे ।
नेपाल पुनर्बीमा कम्पनी र ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको उच्च कारोबारले समग्र कारोबार रकम बढ्न गएको हो । कुल १७५ कम्पनीको मूल्य बढ्दा ५७ को घट्यो भने ८ को स्थिर रह्यो । आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.१ प्रतिशत बढ्यो ।
त्रिशूली जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । केही दिनअघि प्राथमिक सेयर दोस्रो बजारमा सूचीकृत भएको यो कम्पनीको आजको कारोबार पहिलो हो । कम्पनीको मूल्य प्रतिकित्ता २९४ रुपैयाँ ८० पैसा पुगेको छ ।
समाज लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य पनि १० प्रतिशत बढ्यो । आशा लघुवित्तको ७, बुद्धभूमि हाइड्रोपावरको ५.८, हाथवे इन्भेस्टमेन्टको ५ तथा नेपाल इन्स्योरेन्सको ५ प्रतिशत मूल्य बढ्यो ।
ग्लोबल आईएमई लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८, मन्दाकिनी हाइड्रोको ५.४, विजय लघुवित्तको ५, मेन्छियाम हाइड्रोको २.९ प्रतिशत मूल्य घट्यो ।




















प्रतिक्रिया