Logo

अर्थ

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित मध्य राति दुई जना पक्राउ



काठमाडौं- त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेका छन्।

भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेका अनुसार उनीहरूलाई बिहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेका चन्द्र घलेले कपडामा बेरेर छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुन भेटिएको थियो।

उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको पाण्डेको भनाइ छ।

पक्राउ परेका दुबैजनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ। कार्यालय खुलेपछि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराइ थप अनुसन्धान हुने बताइएको छ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ०६:४७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।