Logo

खेलकुद

एसीसी यू-१९ एसिया कप क्रिकेट : पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



काठमाडौं ।  एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) को दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा पाकिस्तानले टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको हो ।

नेपाल र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार, विहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाली टोलीमा देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद घिमिरे, हेमन्त धामी, दिपेश प्रसाद कँडेल, बिशाल बिक्रम केसी,  सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकास चन्द रहेका छन् ।

यू-१९ एसिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । नेपालले दोस्रो खेल मङ्सिर २४ मा अफगानिस्तानको र मङ्सिर २६ मा भारतको सामना गर्ने छ ।

कुल ८ देशले भाग लिने यू-१९ एसिया कपको समुह बी मा भने बंगलादेश, जापान, श्रीलंका र युएई रहेका छन् ।

दुवै समुहबाट शिर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यू-१९ एसिया कपको सेमिफाइनलका खेल मङ्सिर २९  मा हुने छन् भने फाइनल खेल पुस १ मा हुने छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार ११:२०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।