Logo

खेलकुद

एसीसी यू-१९ एसिया कप : पाकिस्तानविरुद्ध दबाबमा नेपाल



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो पाचौं विकेट गुमाएको छ ।

पाकिस्तानविरुद्ध टस हारेर ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाइसकेको छ ।

नेपालका तिलक भण्डारी ७ रन बनाएर पभेलियन फर्किएका हुन् । उनले ९ बल फेस गर्दा १ चौका प्रहार गरे ।

यसैगरी दोस्रो विकेटको रुपमा आकाश त्रिपाठीलाई गुमाएको हो । आकाशल २२ बल फेस गर्दा १ चौकाको मद्दतले ६ रन जोडेका बेला एलबीडब्ल्यू आउट भए ।

तेस्रो विकेटको रुपमा नेपालले कप्तान देव खनाललाई गुमाएको हो । देव खनालले १३ बल फेस गर्दा खाता नै खोल्न सकेनन् ।

चौथो विकेटका रूपमा ओपनर अर्जुन कुमाललाई गुमाएको हो । उनी ३७ बलमा तीन चौकाको मद्दतले २१ रन बनाउँदै आउट भए । १६औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको छ ।

नेपालले पाँचौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । गुल्सन चार बलमा एक रन बनाउँदै आउट भए ।

 

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १२:४०   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।