काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १६ औं स्थापना दिवस–२०८० मा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा जाजरकोट र रुकुम पश्चिममा गएको भूम्कपबाट पीडित त्यस ठाउँका जनताको लागि नेपाल तरुण दल केन्द्रीय समितिले आवश्यक घर निर्माण गर्ने प्रतिवद्दता अनुरुप निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीहरु संघका अध्यक्ष रवि सिंहमार्फत नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा अध्यक्ष गुरुङले सम्बोधन गर्दै महासंघको स्थापना दिवसको शुभकामना व्यक्त गरे । तरुण दलको कार्यमा सहयोग गरेकोमा गुरुङले महासंघ अध्यक्षलगायत कार्यसमितिलाई धन्यवाद दिए। महासंघले पनि आवश्यक परे अन्य सहयो ग पनि गर्ने प्रतिवद्दता जाहेर गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले नेपाल तरुण दललाई आफ्नो व्यक्तिगत तर्फबाट नगद एक लाख रुपैयाँ पनि सहयोग गर्ने प्रतिवद्दता जाहेर गरेका छन् ।





















प्रतिक्रिया