Logo

अर्थ

एनसेल प्रकरण: प्रधानमन्त्रीसमेतलाई बोलाएर छलफल गर्ने राज्य व्यवस्था समितिको निर्णय



काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले प्रधामन्त्री प्रचण्डलाई बोलाएर एनसेलको सेयर खरिद बिक्री प्रकरणमा छलफल गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कलमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

समिति सभापति रामहरि खतिवडाले शुक्रबार नै प्रधानमन्त्रीलाई पत्र पठाइने जानकारी दिए । त्यसपछि प्रधानमन्त्रीको समय लिएर छलफलको मिति तय गर्ने उनले बताए ।

समितिको बैठकमा सांसदहरुले एनसेलको सेयर खरिद बिक्रीको विषयमा शंकास्पद रहेको धारणा राखेका थिए । सांसद राजेन्द्र पाण्डेले एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर सोधपुछ गनुपर्ने बताएका थिए ।

यसैगरी सांसद गगन थापाले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समिति माथि यो समितिले छानबिन गर्नुपर्ने बताए । एनसेल प्रकरणमा ठुलै भ्रष्टाचार भएको दाबी थापाको थियो । सांसद उपेन्द्र यादवले प्रदेशमा खाली झन्डा, गाडी र  गार्ड मात्रै रहेको तर  कर्मचारी अभावमा काम अड्किएको बताए। अहिलेको व्यवस्थाप्रति नै प्रश्न उठाउँदै यादवले एउटै सचिव वर्षमा चार पटक सरुवा गरेर सुशासन नहुने बताए ।

यस्तै अर्थ समितिले एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन निर्देशन दिएको छ । बुधबार नै बसेको समितिको बैठकले १५ दिनभित्र एनसेलको सेयर बिक्रीबारे विस्तृत जानकारी दिन निर्देशन दिएको हो ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १५:१२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।