Logo

अर्थ

स्वास्थ्य व्यवसायी संघका कारण स्वास्थ्य क्षेत्रमा आतंक, स्वास्थ्य सामाग्रीकाे खरिद बिक्री नै प्रभावित

कर्मचारी र प्रशासन निरीह



काठमाडाैँ । स्वास्थ्य व्यवसायी संघको नाममा कालोसूचीमा परेका सप्लायर्सले स्वास्थ्य क्षेत्रमा आंतक मच्चाएका छन् । संघमाआवद्ध व्यक्ति निकट फर्म कालोसूची परेकाे भएपनि अख्तियार प्रमुख र मन्त्रीको हवला दिँदै उनीहरुले स्वास्थ्य क्षेत्रकाे डेण्डर, खरिद बिक्रीमा आतंक मच्याएकाे कर्मचारीहरुले गुनासाे गरेका छन् ।

गुणस्तरहीन स्वास्थ्य सामग्री र औषधि बेचेर नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने र आफूले मोटो कमिसन लिने गरेका कारण कालाेसूचीमा परेका फर्म तथा कम्पनीका मालिकहरुले फेरि पनि डेण्डर तथा खरिद बिक्री उनीहरुकै कम्पनीमार्फत गराउन सरकारी कर्मचारीदेखि प्रशासनसम्म धक्याउने र फकाउने काम गरिरहेकाे कर्मचारीहरुकाे गुनासाे छ ।

कालोसूचीमा परेका व्यक्तिले गैरकानुनी काम गर्न कर्मचारीलाई दबाव दिएको गुनासो सरकारी कर्मचारीहरुले नै गर्ने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलाय स्रोतका अनुसार स्वास्थ्य व्यवसायी संघको नाममा ती व्यक्तिहरूले स्वास्थ्य क्षेत्रमा आतंक सृजना गरेका छन् । संघकाे बलमा स्वास्थ्य क्षेत्रमा आतंक मच्याउन थालेपछि सरकारले उनीहरूका गतिविधिबारे अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।

स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा टेन्डर हालेर नक्कली डकुमेन्ट पेश गरेकाे र गुणस्तरहित सामान उपलब्ध गराएकाे प्रमाणका आधारमा स्वास्थ्य व्यवसायी संघको अध्यक्ष रहेकाे बताउने नवराज बस्नेत र नेशनल बायोमेडिकल सप्लायर्स दुवैलाई विश्व बैंकले कालोसूचीमा राखेको छ । तर उनीहरुले नै स्वास्थ्य क्षेत्रका नियमित खरिद प्रक्रियालाई समेत असर पार्दै आएको मन्त्रालयका कर्मचारीले बताउने गरेका छन् । उनीहरुले आफूले नपाए अरुलाई पर्न नदिने भन्दै उनीहरूले अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रमा समेत गलत उजुरी दिएर स्वास्थ्य सामाग्रीकाे खरिद प्रक्रिया प्रभावित पारेकाे सरकारी कर्मचारीहरुकाे गुनासाे छ ।

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नवराज बस्नेत, नारायण कार्की स्वास्थ्य प्रणाली सुदृढीकरण अभियानमा अवरोध गर्ने व्यक्तिहरू भएको दाबी गरे । उनले कार्कीलाई विशेष उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न लाग्दा गल्ती नदोहोर्याउने शर्तमा छाडिएको समेत जानकारी दिए । बीचमा केही समय उनी सम्पर्कमा नआए पनि हाल फेरि विभिन्न प्रदेश र अस्पतालका प्रमुखहरूलाई धम्याउने गरेको गुनासो आएकाे ती अधिकारीले जानकारी दिए ।

नारायण कार्की मेडिकाल सामाग्री खरिद गर्न अप्ठ्याराे पार्ने अर्का मतियार भएकाे स्वास्थ्य मन्त्रालयका ती अधिकारीले जानकारी दिए । उनले विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका बेला स्वास्थ्य क्षेत्रकाे टेण्डर पूरै हात लिने गरेकाे, कर्मचारीहरुलाई नै परिचालन गर्न खाेजेकाे आराेप स्वास्थ्य मन्त्रालयका ती अधिकारीले लगाएका छन् । उनै कार्कीको सिफारिसमा मन्त्री खतिवडाले स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीको सरुवा गर्ने, गुणस्तरहीन स्वास्थ्य सामग्री र औषधिको खरिद गर्न समेत निर्देशन दिने गरेको उच्च स्रोतको भनाइ छ । एक कर्मचारीका अनुसार स्वास्थ्यमन्त्री खतिवडाले मातहतका कार्यालयलाई ‘नारायण कार्कीले भने अनुरुपको काम गर्नु’, भनेर सिधै निर्देशन दिने गरेका थिए ।

विश्व बैंकको कालोसूचीमा परेका कारण बस्नेत विश्व बैंककै खरिद प्रभावित बनाउन लागेको अधिकारीहरू बताउँछन् । स्वास्थ्य क्षेत्रमा हुने खरिद सम्बन्धी परेको उजुरीहरूमध्ये ८० प्रतिशत उजुरी यीनै व्यक्तिले हालेको देखिएको अख्तियार र सतर्कता स्रोत बताउँछ । डेण्डर र खरिद प्रक्रियालाई प्रभावित बनाउन झुटा आराेप बनाएर उजुरी दर्ता गर्ने गरेकाे सरकारी अधिकारीहरुले बताएका छन् ।

‘आवश्यकता नै नभएको विषयमा पनि स्वार्थका हिसाबले उजुरी हालेको देखिन्छ’, एक कर्मचारीले भने, ‘यसले गर्दा उजुरी हाल्नेहरू माथिपनि निगरानी बढाउन आवश्यक देखिएको छ । यस विषयमा सम्बन्धित निकायमा छलफल हुन थालेको छ ।’

प्राप्त विवरण अनुसार विश्व बैंकले बस्नेत सञ्चालक रहेको नेशनल बायोमेडिकल सप्लायर्स सन् १० अप्रिल २०१८ देखि ०९ अप्रिल २०२४ सम्म खरिद नियम अनुसार कालोसूचीमा राखेकाे छ । त्यस्तै नवराज बस्नेतलाई समेत विश्व बैंकले १० अप्रिल २०१८ देखि निरन्तर कालोसूचीमा राखेको छ । पहिलो यो समूह केमसनमा आवद्ध थिए । ७ वर्ष अगाडि नै उनीहरूले केमसन छाडेको केमसनका अध्यक्ष भक्त हमाल बताउँछन् ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार १६:४४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।