काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ।
खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ। लिगमा आज दुवै टोलीले पाँचौँ खेल खेल्दैछन्।
आजको खेलमा ललितपुर र चितवन दोस्रो जितको खोजीमा हुनेछन्। यसअघिका चार खेलमा एकमा जित र तीनमा बराबरी गरेको ललितपुर ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ।
यस्तै, एकमा जित दुईमा बराबरी र एकमा हार बेहोरेको चितवन ५ अङ्कसहित पाँचौँ स्थानमा छ।
पहिलो स्थानमा रहेको धनगढीको ८ अङ्क हुँदा दोस्रो स्थानको पोखराको पनि ८ अङ्क नै छ। पोखरा गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो।




















प्रतिक्रिया