काठमाडौं । ब्याट्री निर्माणमा विश्वकै सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक कम्पनी, कन्टेम्पोरेरी एम्पेरेक्स टेक्लोलोजी कम्पनी लिमिटेड (सीएटीएल)ले इलेक्ट्रिक कार कम्पनी नेटाको बीईभी ब्राण्ड उत्पादनमा लगानी सुरु गरेको छ ।
होजोन अटोको ब्राण्ड उत्पादन नेटा अटोमा सीएटीएलले आवश्यक ब्याट्री उत्पादन गरेर दिने भएको छ । भविष्यमा यो कम्पनीले नेटाका विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीको जिम्मा लिएको छ । नेटा कारमा आवश्यक ब्याट्रीहरु अब सीएटीएलले दिने भएको हो र दुवै कम्पनी मिलेर भवष्यिमा नयाँ प्रविधिसहितको गाडीहरुको उत्पादन गर्ने भएका हुन् ।
विशेष गरी, सीएटीएलले नेटाको डी–टू वित्तीय लगानीको चरणमा कति आर्थिक लगानी गरेको छ भनेर खुलाइएको छैन्। लगानीको अतिरिक्त, एक सहयोग सम्झौतामा पनि हस्ताक्षर गरिएको छ, जसमा टेक्नोलोजी विकास र ‘सप्लाइ चेन समर्थन’मा सहकार्य हुने बताइएको छ ।
अर्थात आवश्यक ब्याट्री र ब्याट्रीसँग सम्बन्धित बस्तुहरुको सहयोग हुने सम्झौतामा भनिएको छ । नेटाको कूनै पनि गाडीको उत्पादनमा सीएटीएलले कुनै पनि अवस्थामा सही ब्याट्री सेलहरू आपूर्ति गर्ने भएको हो । सम्झौताअनुसार सीएटीएलले नयाँ गाडीको उत्पादनको विकास सहयोगमा ई–ड्राइभका कुन कम्पोनेन्टहरूलाई जनाउँछ भन्ने खुलाइएको भने छैन ।
नेटाका दुईवटा नयाँ कार इ–एसयुभीएस, यू प्रो र भी मोडेल र भर्खरै भी प्रो गाडीहरु बजारमा आएका छन् । यू–प्रो गाडी चार दशमलव पैतिस मिटर लामो र दुई दशमलन सतहत्तर मिटर चक्काको आधारमा उचाइ भएको चार सयदेखि छ सय दश किलोमिटरको रेन्ज दिने रहेको छ । नेटा भी भने यसको तुलनामा सानो रहेको छ । नेटा भीको लम्बाई चार दशमलव सात मिटर रहेको छ भने चक्काको बेस दुई दशमलव ४२ मिटर रहेको छ । यसको एनडीसी रेन्ज भने ३०१ देखि ४०१ किलोमिटर रहेको छ तर यसमा ४० देखि ५५ किलोवाट पावर रहेको बताइएको छ । उता यू–प्रोमा भने १५० किलोवाट पावर रहेको छ ।
नेटा भिको मूल्य चीनमा युआन ५९,९०० अर्थात यूरो ८,२०० रहेको छ । तर यू–प्रो को मूल्य भने ९९,८०० देखि १५९,८०० युआनको बीचमा रहेको छ । भर्खरै सार्वजनिक भएको नेटा भी प्रोमा ३८.५ किलोवाट क्षमताको ब्याट्री रहेको बताइएको छ । तर यसमा धेरै क्षमता भएको मोटर जडान गरिएको छ । मोटरको आउटपुट क्षमता ७० मिलोवाट रहेको छ । भी–प्रोको सुरुवाती मूल्य ७६,९०० युआन भए पनि अनुदानपछि भने यसको मूल्य १०,५३० यूरो रहेको छ ।
होजोन अटोले नेटाको रुपमा गाडीहरु सन् २०१८ मा उत्पादन सुरु गरको थियो । होजन अटो भने २०१४ मा सुरु भएको हो । गएको दुई चरणको लगानीमा होजन अटोमा चीनको सबैभन्दा ठूलो साइबर सुरक्षा कम्पनी क्वीहो ३६० ले पनि नेटामा लगानी गरिसकेको छ । गएको अक्टोबरमा डी वान लगानी भित्र्याइसकेको होजन अटोमा क्वीहो ३६० ले मात्रै आधा लगानी गरेको थियो जसमा होजोन अटोले चार अर्ब युआन लगानी भित्र्याएको थियो । अहिले भने डी टू लगानी अन्तर्गत सीएटीएलले नेटामा लगानी गरेको हो । उसकाे लगानी भएसँगै याे गाडीकाे मूल्यमा अझ कमी आउने अपेक्षा गरिएकाे छ ।
नेपालमा सीजी मोटर्स नेटाका गाडीको आधिकारिक बिक्रेता भएर काम गरिरहेको छ । सीजी मोटर्स बिनोद चौधरी संलग्न कम्पनी हो ।




















प्रतिक्रिया