काठमाडौं । दुबईमा जारी यु–१९ एसिया कपमा टस जितेर पहिला बलिङ गरेको नेपाललाई अफगानिस्तानविरुद्ध पाँचौं सफलता हात परेको छ ।
नेपाललाई पाँचौं सफलता सुवास भण्डारीले दिलाएका हुन् । उनले ६० रन बनाएका अफगानिस्तानका नुमान शाह अग्गालाई दिपेश कँडेलको हातबाट क्याच आउट गराएका हुन् ।
४१ बलमा ६० रन बनाएका नुमानलाई अफगानिस्तानले खेलको ४१.४ ओभरमा २११ रनको अवस्थामा गुमाएको हो । उनले जमशदिन जर्दानसँग ८२ बलमा ९७ रनको साझेदारी गरेका हुन् ।




















प्रतिक्रिया