Logo

खेलकुद

सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा विचाराधिन मुद्दाको आज पेशी तोकिएको थियो ।

जिल्ला न्यायाधीश पमराज पाण्डेको इजलासमा परेको मुद्दा आज स्थगित गरिएको हो । आज डिसेम्बर १० तारिख अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको कार्यक्रम चितवनमा भएकाले कानुन व्यवसायीहरु उपस्थित नहुने भएपछि मुद्दा स्थगित भएको काठमाडौं जिल्ला अदलालते जनाएको छ । अब अर्को साता पेशी तोकिने छ ।

यसअघि गत कात्तिक २३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट मगाएको थियो । दुवै पक्षबाट गत शुक्रबार बहस नोट पेस भएपछि आजका लागि सुनुवाइको पेसी तोकिएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १४:४१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।