Logo

खेलकुद

यू–१९ एसिया कप : अफगानिस्तासँग पनि हार्‍याे नेपाल



काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तासँग पनि पराजित भएको छ । समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तासँग ७३ रनको हार ब्यहोरेको हो ।

लगातार दुई खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो ।  अब नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।

अफगानिस्तानले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव १ ओभरमा १८८ रनमा अलआउट भयाे । ओपनर अर्जुन कुमालले ९१ रनको शानदार इनिङ्स खेलेपनि टाेलीलाई जित दिलाउन पर्याप्त भएन । अर्जुन अन्तिम विकेटको रुपमा ९१ रनमा आउट भए । उनले १०८ बलमा १३ चौकाको मदतले सो स्कोर खडा गरेका थिए ।

यूएईमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर २६१ रन बनाएको थियो । जमसेद जदरानको शतकिय इनिङ्समा अफगानिस्तानले सो स्कोर खडा गरेको हो । ३३ रनमा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अफगानी इनिङ्सलाई जमसेदले सम्हालेका थिए । उनले नटआउट १ सय ६ रनको शतकिय इनिङ्स खेल्दा ८ चौका प्रहार गरेका थिए ।

ओपनरद्धय खालिद तनिवला १० र वाफिउल्लाह तराखिल १५ रनमा आउट भएको अफगानिस्तानको इनिङ्समा अकरम मोहम्मदजई शुन्य रनमा पेविलियन फर्किएका थिए । जमसेदसँग मिलेर नुमाद शाहले ६० र रहिमुल्लाह जुमातीले ३५ रनको योगदान गरेका थिए । मोहमद युनिस २, खालेल अहमद १३ र नासिर खान ४ रनमा आउट भएका थिए ।

पुछारका दुई ब्याट्सम्यान फरिदुन दाउदजई र वाहिदुल्लाह जादरान शुन्य रनमा आउट भए ।

नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार १८:४४   :  बजे

456
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।