Logo

अर्थ

ग्लोबल आईएमई लघुवित्तले गर्‍यो १० प्रतिशत लाभांश घोषणा



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १३:१३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।