काठमाडाैं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ७ प्रतिशत बोनस वितरण गर्ने र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।




















प्रतिक्रिया