काठमाडौं । मौद्रिक नीतिको पहिलो समीक्षापछि निक्षेपको ब्याजदर घटाउने पहिलो बैंक बनेको कुमारी बैंक लिमिटेडले कर्जाको प्रिमियम दर समेत घटाएर ऋणिलाई राहत हुने काम गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी जनवरी १, २०२४ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत कायम गरेको हो ।
हाल अधिकतम प्रिमियम दर ४.५ प्रतिशत छ । यसरी हिसाब गर्दा कुमारी बैंकको कर्जाको ब्याजदर जनवरी १ देखि अहिलेको तुलनामा २२.२२ प्रतिशतले सस्तिने बैंकले जनाएको छ ।
कुमारी बैंककाअनुसार प्रिमियमको नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक यस बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ ।
बैंकले आफ्ना ग्राहकहरुको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय जनाएको छ । ग्राहकहरुका गतिशील आवश्यकताहरु र निरन्तर परिर्वतन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकुल विभिन्न योजनाहरु प्रवर्धन गर्ने गरेको छ । बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्याउन बैंक सदैब तत्पर छ ।
बैंकले देशव्यापी ३०९ शाखा–सञ्जाल, ३२० एटिएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।




















प्रतिक्रिया