काठमाडौं- नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज प्रतियोगिताको अपराजित टोली ललितपुर सिटी एफसीलाई झापा एफसीले चुनौती प्रस्तुत गर्दै छ।
आजको खेलमा जित निकाले ललितपुर प्रतियोगताको शीर्ष स्थानमा उक्लिने छ। यस्तै, झापाले जित निकाले टोली तालिकाको शीर्ष चारमा प्रवेश गर्ने छ।
प्रतियोगितामा ललितपुरको यो छैटौँ खेल हो। दोस्रो स्थानको ललितपुरले दुई जित र तीन बराबरीसहित नौ अंक जोडेको छ। ललितपुर शीर्ष स्थानको धनगढी एफसीभन्दा दुई अंकले पछि छ।
पाँच खेलबाट ६ अंक जोडेको झापा भने तालिकाको छैटौँ स्थानमा छ। हालसम्म प्रतियोगितामा झापाले एक खेलमा मात्र जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपराह्न ५ बजेदेखि हुने छ।
मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ। प्रतियोगिताको यस सिजनमा काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन्।




















प्रतिक्रिया