Logo

अर्थ

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला ३०० रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार १ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

चाँदी शुक्रबार १५ रूपैयाँ बढेर १४ सय ७० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १२:१०   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।