Logo

खेलकुद

टोटनह्यामसँग एभर्टन २–१ गोल अन्तरले पराजित



काठमाडौं- इंग्लिस प्रिमियर लिगमा टोटनह्यामसँग एभर्टन २–१ गोल अन्तरले पराजित भएको छ।

शनिबार राति सम्पन्न खेलमा टोटनह्याम एभर्टनलाई २–१ गोल अन्तरले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

यो हारसँगै एभर्टन भने तालिकाको १६ औं स्थानमा छ। घरेलु मैदानमा टोटनह्यामले नवौं मिनेटमा अग्रता लिएको थियो।

रिचार्लिसनले बेरनन जोनसनको पासमा गोल गर्दै अग्रता लिएको हो। १८ औं मिनेटमा सन हिउङ मिनले अग्रता दोब्बर बनाए।

तर, ८२ औं मिनेटमा एभर्टनका लागि आन्ड्रे गोमेसले गोल गर्दै अन्तर २–१ मा झारे पनि हार टार्न पर्याप्त भएन।

प्रिमियर लिगका अन्य खेलमा बर्नमाउथले नटिङघम फरेस्टलाई ३–२ गोलले पराजित गरेको छ।

यो खेलमा नटिङघम फरेस्ट २३ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो। उसका विली बेलीले दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए।

त्यसपछि लय विग्रता सुरुआती अग्रता लिए पनि अन्त्यमा नतिजा बर्नमाउथको पक्षमा ३–२ ले गएको थियो।

बर्नमाउथ २२ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने नटिङघम फरेस्ट १४ अंकहित १७ औं स्थानमा रहेको छ।

त्यसैगरी लुटनले न्यूक्यासल युनाइटेडर्ला १–० गोल अन्तरले पराजित गरेको छ। लुटन जितका साथ १८ औं स्थानमा रहँदा न्यूक्यासल भने सातौं स्थानमा रहेको छ।

यस्तै, बर्नलेले फुलह्यामलाई २–० गोल अन्तरले स्तब्ध बनाएको छ। बर्नले १९ औं स्थानमा रहँदा फुलह्याम १२ औं स्थानमा रहेको छ। यसैगरी वेस्टह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–० ले स्तब्ध बनाउँदै तालिकामा सुधार गरेको छ।
वेस्टह्याम छैटौं स्थानमा उक्लिदा म्यानचेस्टर युनाइटेड आठौं स्थानमा धकेलिएको छ।

प्रिमियर लिगमा आज आइतवार एक खेल हुने भएको छ। आज वुल्भ्स र चेल्सी आमने सामने हुने छन्।

चेल्सी २२ अंकका साथ तालिकाको दशौं स्थानमा रहँदा वुल्भ्स १९ अंकका साथ १४ औं स्थानमा छ।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ७ : ३८ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।