Logo

मनोरञ्जन

राष्ट्र बैंक निर्देशक चन्द र प्रियंका कार्की अभिनित मायालु गीतको म्युजिक भिडियो सार्वजनिक



काठमाडौं- कमल मान सिंहको शब्द, संगीत र स्वरमा रहेको मायालु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

भिडियोमा नेपाल राष्ट्र बैंकका निर्देशक सहदेव चन्द र नायिका प्रियंका कार्कीको अभिनय छ। रोमान्टिक गीतमा चन्द र कार्कीले प्रेमिल मुडमा अभिनय गरेका छन्। गीतले भोलिको कुरा भुलेर आज जीउनुपर्ने कुरा बोलेको छ। गीतको एरेन्ज, मिक्स र मास्टरिङ बाबु प्रधानले गरेका छन्।

काठमाडौंको दुषित थानी होटल र हात्तीवनका मनोरम दृश्य कैद गरिएको भिडियोलाई रोमन मार्सले खिचेका हुन्। कमल मान सिंहकै निर्देशन रहेको भिडियोमा गायक सिंह पनि फिचर्स छन्।

सिंहकै गीत जिन्दगीमा यसअघि चन्दले अभिनय गरेका छन्। त्यस्तै उनले अभिनाश घिसिङको गीत माथिल्लो लेकमा समेत अभिनय गरिसकेका छन्। इन्जिनियरसमेत रहेका चन्द राष्ट्र बैंकको गैरबैंक तथा वित्तीय संस्था सुपरीवेक्षण विभागको निर्देशक हुन्।

प्रकाशित मिति : ८ पुष २०८०, आईतवार १६:०३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।