काठमाडौं- नेपाल सुपर लिग-२०२३ मा आज भ्याली डर्बीबीच प्रतिस्पर्धा हुँदैछ। साविक विजेता काठमाडौं र ललितपुर सिटी एफसी यस सिजन एलिमिनेटरमा आज भिड्न लागेका हुन्।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ। आजको भिडन्त दोस्रो क्वालिफायरमा पुग्नका लागि हुनलागेको हो।
लिग चरणमा काठमाडौं तेस्रो र ललितपुर चौथो हुँदै शीर्ष चारमा पुगेका थिए। तेस्रो र चौथो स्थानमा रहनेले एलिमिनेटर खेल्नुपर्ने प्रावधान छ।
यसअघि लिगको अन्तिम खेलमा पनि काठमाडौं र ललितपुबीच प्रतिस्पर्धा भएको थियो। जसमा ललितपुरलाई १-० ले पराजित गर्द काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको थियो। त्यही लय कायम राख्दै क्वालिफायर पुग्ने लक्ष्यमा काठमाडौं छ।
साविक विजेता भएकोले पनि च्याम्पियन शैली कायम राख्दै फाइनल पुग्ने लक्ष्य रहेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए।
अहिलेसम्म काठमाडौं र ललितपुर एनएसएलमा कुल तीन पटक खेल्दा तीनैपट काठमाडौं विजयी भएको छ।
उता ललितपुरका अष्ट्रेलियन प्रशिक्षक इयान गिलियनले यो खेल गर या मरको अजस्थामा भएकोले अगाडि बढ्न जित्नैपर्ने अवस्था रहेको छ।
यस खेलको विजेताले बिहीबार पोखरा थण्डर्ससँग दोस्रो क्वालिफायर खेल्नेछ। पराजित हुने टोली भने बाहिरिनेछ।




















प्रतिक्रिया