Logo

खेलकुद

सुपर लिगमा फाइनल पुग्न पोखरा र ललितपुरबीच आज प्रतिस्पर्धा



काठमाडौं– दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै पहिलो पटक फाइनल प्रवेश गर्ने योजनामा छन्।

पोखरा पहिलो क्वालिफायरमा धनगढीसँग पराजित भएको थियो भने ललितपुरले इलिमिनेटरमा काठमाडौँलाई हराउँदै फाइनल प्रवेशको सम्भावना सुरक्षित बनाएको थियो।

यो खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ। फाइनल खेल आगामी शनिबार हुनेछ।

एनएसएलको यो संस्करणको विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ।

गत संस्करणमा विजेता बनेको काठमाडौँले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो।

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार ०६:५१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।