Logo

मनोरञ्जन

क्राइम सिरिज ‘आरती’काे प्रिमियर



काठमाडौं । क्राइममा आधारित वेब सिरिज ‘आरती’ को नेपाली संस्करण प्रिमियर गरिएको छ । काठमाडौँको अर्किड इन्टरनेशनल कलेजमा संघीय सांसद एवं मधेश प्रदेशको पूर्व सामाजिक विकास मन्त्री नवलकिशोर साहको उपस्थितिमा सिरिज प्रिमियर गरिएको हो । प्रिमियर सिरिजको तीन एपिसोड देखाइएको थियो ।

प्रिमियरमा ब्रीज वाटर कलेजका प्रिन्सिपल नारायण दास, अर्किड कलेजका प्रिन्सिपल विदुर दाहाल, सिने म्याटोग्राफर निरज कँडेल, अभिनेता मुकन भुषाल, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, सामाजिक अभियन्ता पुण्य गौतम, वरिष्ठ कलाकार नवीन श्रेष्ठ, पूर्व प्रहरी नायब उपरीक्षक चन्द्रनारायण यादव, नेत्रज्योति संघका अध्यक्ष डा. शैलेश मिश्र, गायक सन्तोष सानु, लाफमाण्डुका निर्देशक रूपेश घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरिप्रसाद कँडेल र संसार अधिकारीको अभिनय छ । रोशन दासको कथा र निर्देशनमा बनेको सिरिजको छायांकार नितेश घतान हुन् । आशिस दास निर्माता रहेको सिरिजको सहनिर्माता रितादेवी हुन् ।

कार्यक्रमका पूर्वमन्त्री शाहले सिरिजले सत्ताको दुरुपयोग गर्नेहरू र ढिला गतिमा हिँड्ने न्यायालयलाई सजग गर्ने बताए । कार्यक्रममा शाहले कलाकारलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए । नेपाली र मैथिली गरी दुईवटा भाषामा निर्माण भएको सिरिजले बलात्कार र महिला हिंसाको कथा बनाएको छ । ‘आरती’ पुस १६ देखि प्रसारणमा आउनेछ ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार १३:५८   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।