काठमाडौं– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने खेलमा विभागीय टोली एपीएफ र कोशी प्रदेशबीच उपाधि भिडन्त हुनेछ।
प्रतियोगितामा एपीएफ अपराजित रहँदै फाइनलमा पुगेको हो। लिग चरणमा सबै खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो।
त्यस्तै, पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।
जारी प्रतियोगितामा एपीएफ र कोशीबीच आज तेस्रो भिडन्त हुँदैछ। यस अघिका दुवै खेलमा एपीएफले जितेको थियो। लिग चरणमा एपीएफले ८ विकेटले कोशीलाई पराजित गरेको थियो। अब तेस्रो भिडन्तमा कोशीले एपीएफलाई हराएर बदला लिने अवसर रहेको छ।




















प्रतिक्रिया