काठमाडौं । ब्याटर ज्योति पाण्डेले घरेलु तथा राष्ट्रिय टिमबाट सन्यास लिएकी छिन् ।
प्रधानमन्त्री कप महिला टी-२० कपको फाइनलमा कोशी प्रदेशमाथि ११ रनको जित हात पार्दै सशस्त्र प्रहरी क्लबलाई च्याम्पियन भएपछि ज्योतीले क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन् ।
विराटनगरकी ज्योतिले सन् २०११ देखि लगातार एपिएफबाट खेल्दै आएकी थिइन् । ज्योतिले सन् २०१६ मा थाईल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गरेकी थिइन् । अन्तिम खेल २०२३ जुनमा मलेसियाविरुद्ध खेलिन् ।
उनी सशस्त्र प्रहरी टिमको महिला क्रिकेट टिमकी नियमित सदस्य थिइन् ।




















प्रतिक्रिया