Logo

प्रमुख समाचार

राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताएका छन् ।

सुनकोशी इन्द्रावती समाजद्वारा बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगन्जमा आयोजित ‘सम्मान एवं प्रमाणपत्र वितरण’ कार्यक्रममा उनले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोड दिए । ‘हामी अहिले मुलुकमा १७ विश्वविद्यालय खोल्यौँ भनेर गर्व गर्छौ, तर उक्त विश्वविद्यालयमा विद्यार्थी छन् कि छैनन् भनेर सोच्नुपर्ने बेला आएको छ,’ उनले भने ।

नयाँ सोच लिएर अगाडि बढ्न नसके सबै विश्वविद्यालय धरापमा पर्ने अवस्था आएको कोइरालाको भनाइ छ । उनले त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय मान्यता र गुणस्तरीय शिक्षा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

नेता कोइरालाले गत वर्षमात्र नेपालबाट विदेशमा अध्ययन गर्नका लागि एक लाख २७ हजार विद्यार्थी विभिन्न मुलुकमा गएको भन्दै तिनीहरुलाई नेपालमै बस्ने व्यवस्था मिलाउन नसकिएकामा चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १०:५६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।