Logo

सुरक्षा/अपराध

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ



सवारी ज्यान मुद्दाका फरार अभियुक्त भक्तपुर कौशलटा बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ घर भएका ४५ वर्षीय हरि बहादुर श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत सिन्धुपाल्चोकको २०६१ पुस १३ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ११ महिना ७ दिन कैद सजाय ठहर भइ फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२३ सुविधानगर तिनकुनेबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सिन्धुपाल्चोक पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १६, २०७७ सोमबार  २ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।