Logo

खेलकुद

यु-१९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा



काठमाडौं । दक्षिण अफ्रिकामा आयोजना हुन लागेको यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको घोषणा गरेको छ । देव खनालकै कप्तानीमा नेपाली टोलीले यू १९ विश्वकप खेल्ने छ भने गुलसन झा पनि टोलीमा समेटिएका छन् ।

यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म सञ्चालन हुनेछ ।

विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजिल्याण्ड विरुद्ध खेल्ने छ । यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तान सँग रहँदा समूहको अन्तिम खेल अफगानिस्तान विरुद्ध जनवरी २६ मा रहेको छ ।

त्यसअघि नेपालले जनवरी १३ मा स्कटल्याण्ड र जनवरी १६ मा वेस्ट इन्डिज विरुद्ध वार्म-अप खेलहरु खेल्ने छ । १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्ने छन् ।

विश्वकप श्रीलंकामा हुने भनिएतापनि श्रीलंका क्रिकेट बोर्ड आईसिसिको निलम्बनमा परेसंगै विश्वकप दक्षिण अफ्रिकामा हुने भएको हो ।

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसनकुमार झा, दीपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

विश्वकपका लागि नेपाली यू १९ टोलीको शुक्रबार विदाई हुने छ ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १२:३१   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।