Logo

गण्डकी प्रदेश

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा एमाले र राप्रपाले गराए उम्मेदवारी दर्ता



पाेखरा । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले गण्डकीमा उम्मेदवारी दर्ता गरेका छन् ।

गण्डकीबाट एमालेले अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता-अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचन र महिलाबाट गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दिएका हुन् ।

पराजुलीको प्रस्तावकमा भक्त कुँवर र समर्थकमा भीम कार्की छन् । शेरचनको प्रस्तावक मञ्जुदेवी गुरूङ र समर्थक राजकुमारी भुजेल छन् । देवकोटाको प्रस्तावकमा नवराज ओझा र समर्थकमा देवका पहारी छन् ।

यसैबीच, राप्रपाले पनि गण्डकी प्रदेशमा २ जना उम्मेदवार उठाएको छ । राप्रपा नेता रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको हो। उनीहरू दुबै जनाको प्रस्तावक पञ्चराम गुरूङ र समर्थक विन्दु अधिकारी पहाडी छन् ।

सत्ता गठबन्धनबाट राष्ट्रियसभा सदस्यका लागि माओवादीका मनरूपा शर्मा, कांग्रेसका किरणबाबु श्रेष्ठ र पदम परियारले उम्मेदवारी दर्ता गर्दैछन् । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ ।

प्रकाशित मिति : पुष २३, २०८० सोमबार  २ : ४१ बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।