Logo

बैंकिंग

मितेरी हस्पिटलमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालन



प्रभु बैंकले मातृशिशु मितेरी हस्पिटलमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । हस्पिटल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित रहेको छ । मातृशिशु मितेरी हस्पिटल परिसरमा गण्डकी प्रदेशका प्रदेश सभासद कृष्ण बहादुर थापाले एक समारोहका बीच काउण्टरको उद्घाटन गरेका छन् । 

मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

उपचारको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सेवाग्राहीहरुले बुझाउनु पर्ने जुनसुकै रकम बिना झन्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउने छन् । यस एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात्  मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । 

प्रकाशित : १७ कार्तिक २०७७, सोमबार