काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछन्। आज कर्णाली प्रदेश र लुम्बिनी तथा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्नेछन्।
आज कर्णाली र लुम्बिनीबीचको खेल भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ। कर्णाली प्रदेशले अहिलेसम्म २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ। त्यसैगरी लुम्बिनी प्रदेशले पनि एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ।
यस्तै आज बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल मूलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ। बागमतीले ले अहिलेसम्म खेलेका ३ खेलमा एकमा जित र २ खेलमा हार बेहोरेको छ। यस्तै त्रिभुवन आर्मी क्लबले एक खेलमा जित हासिल गरेको छ।




















प्रतिक्रिया