काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ । जारी प्रतियोगितामा छैटौँ खेल खेलेको कर्णाली प्रदेशको यो तेस्रो जित हो ।
मुलपानी क्रिकेट मैदानमा कोशीले दिएको १५२ रनको लक्ष्य पछ्याएको कर्णालीले २८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
कर्णालीका लागि अर्जुन घर्तीले ५० रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै विपिन शाहीले २८ रन बनाउँदा हिमान्सु शाहीले २४ तथा निश्चल हावलले २१ रनको योगदान गरे । कोशीका लागि हेमन्त राईले तीन विकेट लिए । त्यस्तै कमल खत्रीले एक विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको कोशीले ३४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।
कोशीका लागि सुजन थपलियाले ७३ रनको अर्धशतकीय पारी खेले । ७३ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै सुनज घिमिरेले १२ रन बनाउँदा आइस भटराईले ११ रन बनाउँन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीका लागि दिपेश अधिकारीले सर्वाधिक चार विकेट लिए । त्यस्तै प्रकाश जैशीले तीन विकेट लिँदा दिवन पुनले दुई विकेट लिए ।




















प्रतिक्रिया