काठमाडौं- टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन-२ मा अभिनेत्री केकी अधिकारी जजको भूमिकामा देखिने भएकी छन्।
कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीका अनुसार पहिलो सिजनमा जज रहेकी सुरक्षा पन्तको ठाउँमा केकी अनुबन्धित भएकी हुन्। तीन जजहरू उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक भने दोस्रो सिजनमा पनि निरन्तर हुनेछन्।
‘द पेएट आइडल’को दोस्रो सिजन माघ २२ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुँदैछ। प्रत्येक सोमबार र मंगलबार राति ९ बजे ‘द पोएट आइडल’ प्रसारण हुनेछ।
यसपटक अडिसन राउण्डबाट १४ जना प्रतिस्पर्धी छानिएका छन्। कुल ३१ एपिसोड रहने यस सिजनको फिनाले जेठमा गर्ने तयारी छ।





















प्रतिक्रिया