काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तानसँग खेल्दैछ। समूह डीमा रहेको नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।
पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल पाकिस्तानलाई स्तब्ध बनाउँदै जीत निकाल्ने लक्ष्यमा हुनेछ । उता पाकिस्तान भने लगातार दोस्रो जीतको खोजिमा छ । पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । समूह डीमा न्युजिल्याण्ड लगातार २ खेल जीत्दै ४ अंकका साथ शीर्ष स्थानमा रहँदा पाकिस्तान २ अंक लिएर दोस्रो स्थानमा छ ।
नेपाली टिमः
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द।




















प्रतिक्रिया