Logo

खेलकुद

यू-१९ विश्वकप क्रिकेट : नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने

नेपालको प्लेइङ ११ मा तीन परिवर्तन



काठमाडौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले टस जितेको छ । कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले न्युजिल्यान्डविरुद्धको पहिलो खेलबाट टोलीमा तीन परिवर्तन गरेको छ । ओपनर दीपक बोहोरा, मध्यक्रम ब्याटर दिपक बोहोरा र स्पिनर तिलकराज भण्डारी टोलीबाट बाहिर रहेका छन् । विपिन रावल, दीपक डुम्रे र दुर्गेश गुप्ता टोलीमा आएका छन् ।

नेपालको प्लेइङ ११:

अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), उत्तम थापा मगर (विकेटकिपर), गुलशन झा, दीपक डुम्रे, दिपेश कँडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार १३:४३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।