Logo

खेलकुद

प्रधानमन्त्री कप : एपीएफले लुम्बिनीलाई सात विकेटले हरायो



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा घरेलु टोली लुम्बिनी प्रदेशलाई नेपाल एपीएफ क्लबले ७ विकेटले हराएको छ ।

जितको लागि १३४ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २२.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा कप्तान रोहित पौडेलले ४८ बलमा ४ चौका र १ छक्कासहित ५२ रनको योगदान दिए ।

पुरन बिक ५७ बलमा २ चौका र १ छक्कासहित ३३ र अमर राउटेला ८ रनमा नट आउट रहे । लोकेश बम १६ र प्रज्वल शाहीले ५ रनमा आउट भए । लुम्बिनीका मोहम्मद हुसेन, कृष्ण कार्की र इखलाख अहमदले १-१ विकेट लिए ।

एपीएफका बायाँ हाते स्पिनर रमेश कुर्मीले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ५ विकेट लिए । अर्का स्पिनर भुवन कार्कीले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । रोहित पौडेल र श्याम ढकालले १–१ विकेट लिए ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार १४:२३   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।