Logo

मनोरञ्जन

हर्क साम्पाङले गरे फिल्म ‘खजुरे ब्रो’ मा अभिनय



काठमाडौं । फिल्म ‘खजुरे ब्रो’ मा धरानका मेयर हर्क साम्पाङको पनि अभिनय रहने भएको छ । निर्माण युनिटले उनलाई फिल्ममा अतिथि भूमिकामा अभिनय गराएको हो । साम्पाङको चरित्रको छायाङ्कन सकिएको निर्माण युनिटले जानकारी दिएको छ ।

फिल्मका कार्यकारी निर्माता डायमण्ड उप्रेतीले धरानका आइकनिक व्यक्तिको बिषय र सांस्कृतिक पक्षलाई उजागर गर्ने उद्देश्य फिल्मको रहेको बताएका छन् ।

सुरज सुनुवारको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई दिव्य दृश्य इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको निर्माण छ । शिशिर विशङ्खेको छायांकन रहेको फिल्ममा अनमोल गुरुङको संगीत छ ।

फिल्ममा नीति शाह, महेश त्रिपाठी, रेयर राई, नवीन मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्मको काठमाडौंको दृश्य खिचेर निर्माणपक्ष धरान पुगेको हो । धरानमा फिल्मको ९० प्रतिशत छायांकन हुनेछ । केही दृश्य दार्जिलिङमा पनि खिचिने निर्माणपक्षले बताएको छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार ११:१५   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।