Logo

मनोरञ्जन

गायकले नै नोकरलाई चप्पलै चप्पलले पिटेपछि…



इस्लामावाद- पाकिस्तानी गायक राहत फतेह अली खानले आफ्नो नोकरलाई चप्पलै चप्पलले पिटेका छन्। ट्विटरमा तीव्र रुपमा भाइरल भइरहेको एउटा भिडियोमा गायकले आफ्नो एक नोकरलाई चप्पले हानिरहेको देखिन्छ।

टेबलमा राखेको रक्सीको बोतल कहाँ गयो भनेर गायकले सोधिरहेको भिडियोमा सुन्न सकिन्छ। भिडियोमा उनले नोकरलाई हानिरहेको देखेपछि पाकिस्तानी सर्वसाधारणले गायकको व्यापक आलोचना गरिरहेका छन् ।

भिडियोमा गायकले नोकरको कपाल समातेर हातमा चप्पल लिएर टाउकोमा धमाधम हानिरहेको देखिएको छ। नोकर भागेर पर पुगे पनि उनले छाड्दैनन्। रक्सीको बोतल कहाँ गयो भन्ने जवाफ नआएपछि उनले पुनः नोकरको कपाल भुत्लाएर पिट्न थाल्छन्। पिटाइ सहन नसकेर उनी ढल्छन्। त्यही उभिएका अन्य व्यक्तिले उसलाई समातेर उठाइदिन्छन्। तर गायकले पिट्न छाड्दैनन्।

भिडियो भाइरल हुन थालेपछि गायकले पिटाइ खाएकै नोकरसँग एउटा भिडियो शेयर माफी मागेका छन्। उनले उस्ताद र शिष्यको आपसी मामिला भएको बताएका छन्। पिटाई खाएका व्यक्ति (नोकर) ले पनि आफ्नो उस्तादलाई बदनाम गर्ने कोशिश गरिएको बताएका छन्।

अघिल्लो भिडियो हेरेर भड्किएका मानिसहरू दोस्रो भिडियो देखेर झनै चिढिएका छन्।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १२:०८   :  बजे

399
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।