Logo

मनोरञ्जन

‘पुजार सार्की’मा यस्तो देखिए आर्यन, प्रदीप र पल



काठमाडौं । मल्टिस्टारर चलचित्र ‘पुजार सर्की’को पहिलो पोस्टर सार्वजनिक भएको छ । सो पोस्टरमा फिल्मका तीन नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अटाएका छन् ।

फिल्मको फस्टलुकमा यी तीन जनाको गेटअप विल्कुलै फरक छ । यसबाट पनि फिल्म कुन सेटअपमा बन्न लागेको छ भन्ने थाहा हुन्छ । रोयल भीमसेनले तयार पारेको पोस्टरबाट पनि यो फिल्मको सेटअप अहिलेको नभइ केही बर्ष अगाडिको हो भन्ने बुझ्न सकिन्छ ।

फिल्ममा नायिकाद्धय अन्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ । साथमा फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतका कलाकारको अभिनय छ ।

विकास सुवेदीले लेखेको फिल्मको कथामा सुवास भुसालले लगानी गर्दैछन् । यो फिल्ममा सुप्रिम पराजुलीको सम्पादन, हिमाल केसीको एक्सन निर्देशन रहनेछ । किङ्डम नेटवर्कको ब्यानरमा निर्माण हुने फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आईतवार १२:२३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।