Logo

बैंकिंग

पुन नियुक्ति शुरु नहुँदै बाहिरीए महाप्रबन्धक तमोट 



जनरल इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोट तेस्रो पटक पुनः नियुक्त शुरु नहुँदै कम्पनीबाट बाहिरीएका छन् । उनी कम्पनीको स्थापना कालदेखि नै महाप्रबन्ध रहेका थिए 

कम्पनीको कात्तिक १४ गते बसेको संचालक समितिको बैठकले उनलाई आगामी कात्तिक १८ गतेदेखि लागू हुने गरी माघ १८ गतेसम्म ३ महिनाको कार्यकाल थप गरेको थियो । तर कम्पनीले कार्यकाल थप गरेको चिठी कात्तिक १७ गतेसम्म उनीसामु नपुगेपछि उनी बाहिरीएका हुन् । चिठी आफूलाई नदिएको भन्दै तमोट  कर्मचारीहरु सँग बिदा लिएर बाहिरीए हुन् । 

तमोटले जनरल इन्स्योरेन्सको भाइबर, वास्टएप, फेसबुक लगाएत अन्य ग्रुपहरुबाट समेत लिभ गरेको कम्पनी स्रोतको भनाइ छ ।

यता, कम्पनीका सुचना अधिकृत राम प्रसाद पौडेलले भने तमोट आज आफ्नो व्यक्तिगत समस्याका कारणले छिट्टै घर निस्किएको बताए ।
 उनले भने ‘उहाँको श्रीमतीको स्वास्थ्य अवस्था अति खराब भएको भनदै कार्यालयबाट निस्किनु भएको हो, त्यस्तो बिदाइ नै हुनु भएको भने होइन,’ परिवारको स्वास्थ्य अवस्था सामान्य भएपछि उहाँ सायद कार्यालय आउनु हुन्छ होला ।’

तर कार्यकाल थप गरिएको विषयमा भने तमोट खुसी नभएको उनले बताए । उनका अनुसार बोर्ड उनलाई ३ महिना काम गर्न अनुरोध गरेको भएपनि उनले आफ्नो  शारिरीक अवस्थाताको कारण देखाएका थिए । 
बोर्डले सीइओ नियुक्त हुनेसम्म सहयोग गरिदिनु भनेर अनुरोध गरे तमोटले भने कोभिडका कारण आफु बजारमा निस्किएर व्यवसाय विस्तार गर्न नसक्ने, शरिरीक अवस्था समेत कमजोर भएको कारण अब दुःख नदिनुस् भन्ने जवाफ दिँदै कार्यकाल थप नगर्न भनेको कम्पनी प्रवक्ताले जानकारी दिए ।

तमोटको बीमा समितिले तोकेको विभागिय प्रमुख बन्ने उमेर हद समेत नाघिसकेको छ । समितिले २ वर्ष अघि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७३ लाई परिमार्जन गरी ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५’ लागू गरेको थियो ।

उक्त निर्देशिकामा बीमा कम्पनीमा प्रमुख कार्यकारी निर्देशक (सीइओ) को कार्यकाल, योग्यता र उमेरहद तोकिएको थियो । जसमा बीमा कम्पनीहरुका सीइओको शैक्षिक योग्यता, अनुभव तथा उमेरको हद ७० वर्ष तोकेको छ । तमोटले आफ्नो फेसबुकमा सन् १९४६ अगष्ट ३ मा जन्मेको उल्लेख गरेका छन् । जसअनुसार उनी हाल ७४ वर्ष पुगिसकेको हुन् ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार